वेबटिभी खबर
काठमाडौं । मस्तिष्कघातपछि उपचाररत पोखरा महागनरपालिकाका मेयर मानबहादुर जिसीको उपचारमा महानगरले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
महानगकी उपमेयर मञ्जुदेवी गुरुङको अध्यक्षता मंगलबार सम्पन्न कार्यपालिकाको ५१ औं बैठकले १ साउनमा मष्तिस्कघात भई उपचाररत प्रमुख जिसीको उपचारका लागि उक्त सहयोगको घोषणा गरेको हो ।
सो रकम महानगरको प्रकोप व्यवस्थापन कोषबाट खर्च गरिने महानगरका प्रवत्ता धनबहादुर नेपालीले बताए । बैठकले मेयर जिसीको स्वास्थ्य अवस्थाको बारेमा दैनिक सूचना प्रवाह गर्ने जिम्मेवारी प्रवक्ता धनबहादुर नेपालीलाई दिएको छ ।
बैठकले जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्यलाभको पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।
१ साउनमा उनको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । त्यहाँ चिकित्सकहरुले मस्तिष्कघात पुष्टि गरेपछि हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरी उपचार जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij