Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सभापोखरीमा आगलागीबाट पाँच घर जले

सभापोखरीमा आगलागीबाट पाँच घर जले

  • 152
    SHARES
  • सभापोखरीमा आगलागीबाट पाँच घर जले

    सङ्खुवासभा । यहाँको सभापोखरी गाउँपालिका– ६ बाह्रबिसे  बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ ।

    आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

    उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij