Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

  • 89
    SHARES
  • गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

    काठमाडौं । गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी १५ जनालाई  सात दिनभित्र कार्यालयमा हाजिर  हुन  निर्देशन दिएको हो ।

    हवलदार र सहायक हवलदार र अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij