वेबटिभी खबर
सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ ।
वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ र ज्येष्ठ नागरिकका लागि लक्षित गरि सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन् ।
तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिए । वडा अध्यक्ष ठाकुर वडा सचीव र वडा सदस्यहरुले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij