Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जनकपुरधामको एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

जनकपुरधामको एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

  • 126
    SHARES
  • जनकपुरधामको एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

    जनकपुर । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो ।

    आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ । फर्निचर उद्योगका सञ्चालक रामलला शर्माले २० लाख बढीको सामान जलेर नष्ट भएको बताएतापनि धनुषा प्रहरीले यकिन गर्न बाँकी रहेको जनाएको छ ।

    आगलागीको खबर प्राप्त हुना साथ जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ । आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली आगलागी स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij