Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महिला समितिको प्रयासमा पुस्तकालय स्थापना

महिला समितिको प्रयासमा पुस्तकालय स्थापना

  • 162
    SHARES
  • महिला समितिको प्रयासमा पुस्तकालय स्थापना

    काठमाडौं । सरस्वती पुजा (वसन्त पञ्चमी)को अवसर पारेर बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित  ज्ञानभुमि टोल समाज महिला समितिले सोमबारदेखि पुस्तकालय सञ्चालनमा ल्याएको छ । 

    देउसी भैलो कार्यक्रम गरेर संकलन भएको रकमबाट महिला समितिले ‘ज्ञानभुमि महिला पुस्तकालय’ स्थापना गरेका हुन् । देउसी भैलोबाट उठेको रकममध्ये केही मानव सेवा आश्रमलाई दिइएको र बाँकी रकमबाट पुस्तकालय स्थापना गरिएको हो । 
    ज्ञानभुमि महिला समितिका अध्यक्ष एवं पुस्तकालय व्यवस्थापन तथा संचालन समितिका संयोजक इन्दिरा चुडाल खरेलको अध्यक्षतामा आज पुस्तकालय उद्घाटन कार्यक्रम विधिवत सम्पन्न भयो ।

    बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम केसीले पुस्तकालयको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रीराम केसी, कार्यक्रमकी अध्यक्ष इन्दिरा चुडाल खरेल, ज्ञानभुमि टोल समाजका अध्यक्ष नारायण बहादुर रानामगर, नव ज्ञानभुमि बोर्डिङ हाई स्कुलका महानिर्देशक अमृत रेग्मी, समाजका सल्लाहकार गोविन्द गुरुङ लगायतले पुस्तकालय उद्घाटन कार्यक्रममा मन्तव्य राखेका थिए ।

    पुस्तकालय स्थापना गरेर महिला समितिले उदाहरणीय कार्य गरेको भन्दै अतिथिहरुले उक्त कार्यको प्रशंसा गरेका थिए । पुस्तकालय संचालनमा सबै मिलेर सहयोग गर्ने प्रतिवद्धता पनि अतिथिहरुले जनाए । 

    Gyanvumi.jpg
    पुस्तकालय स्थापनामा सक्रिय ज्ञानभुमि टोल समाज महिला समितिका पदाधिकारी तथा सदस्यहरू 

    समिति अध्यक्ष खरेलले पढ्ने संस्कृतिको विकास गर्न पुस्तकालय स्थापना गरिएको भन्दै कार्यक्रममा आएर हौसला बढाउने प्रमुख अतिथि लगायत सहभागी, सहयोगी सबैमा धन्यवाद व्यक्त गरिन ।खरेलले यस पुस्तकालयलाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग र सहकार्यकालागी सबैसँग आग्रह पनि गरिन ।

    उदघाटना कार्यक्रममा स्वागत मन्तव्य महिला समितिकी कोषाध्यक्ष एवं पुस्तकालय व्यवस्थापन तथा संचालन समितिका सदस्य जयन्ती थापा, धन्यवाद ज्ञापन महिला समितिका सदस्य कल्पना खड्का र कार्यक्रम संचालन महिला समितिका महासचिव एवं पुस्तकालय व्यवस्थापन एवं संचालन समितिका सदस्य नर्मदा पाण्डेय मुड्भरीले गरेकी थिइन ।  

    समाज सेवामा निरन्तर कृयाशिल महिला समितिले पुस्तकालय स्थापना गरेर अत्यन्त सकारात्मक काम गरेको भन्दै स्थानीयले शुभकामना दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij