वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल एमाले नेता भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् ।
केही बेरअघि सम्पन्न बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा गएका हुन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि सांसद पदबाट राजीनामा दिएका रावल नेपाल पक्षका मुख्य ‘सूत्रधार’ हुन् ।
एमाले एकता कार्यदलमा नेपाल पक्षबाट रावल संयोजक थिए, तर नेपालले १० बुँदे कार्यान्वयन गर्न नमानेपछि रावलले नेपालको साथ छोडेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij