Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

  • 154
    SHARES
  • चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

    एजेनसी । दक्षिणपश्चिम चीनमा यस महिना पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ भने थप १९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

    फेब्रुअरी ८ मा सिचुआन प्रान्तको यिबिन सहरमा भारी वर्षाले विपत्ति निम्त्याएको राज्य सञ्चारमाध्यमले जनाएका छन् ।

    पहिरोमा परी दुई जना घाइते, १० घर पुरिएको र १०० हेक्टर बाली नष्ट भएका काउन्टीका अधिकारीहरुले बताएका छन् ।

    पहिरोको समयमा राज्य प्रसारक सीसीटीभीको भिडियो फुटेजमा उद्धारकर्मीहरूले टर्चहरू लिएर अँध्यारोमा भग्नावशेष खोजिरहेको देखाइएको छ ।

    चीन हालैका महिनाहरूमा चरम बाढीको चपेटामा परेको छ । गत वर्ष बाढीमा दर्जनौंको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # चीन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij