Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

  • 158
    SHARES
  • सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

    जनकपुर । सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    क्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ । सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ ।गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलीया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत गराएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij