काठमाडौं– सवारी लाइसेन्सनको लिखित तथा ट्रायल परिक्षा तत्काल नहुने भएको छ। यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा तत्काल सञ्चालन नगर्ने भएको हो।
विभागले काठमाडौं उपत्यकाका शैक्षिक संस्था स्कुल तथा कलेज सञ्चालनमा आएको दिनबाट मात्र लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निष्कर्ष निकालेको हो।
लाइसेन्स आवेदन कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको भन्दै तत्काल नखोल्ने निर्णयमा विभाग पुगेको छ।
कोरोनाको कारण बीचमै लाइसेन्स आवेदन र ट्रायल परिक्षा रोकिएका कारण लाखौंको संङ्ख्यामा प्रयोगात्मक परिक्षाको पर्खाइमा छन।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij