काठमाडौं । एनआईसी एसिया बैंक स्थापनाको २४ वर्षमा प्रवेश गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवम् गैरवित्तीय परिसूचकहरूमा उत्कृष्ट बैंक बन्न सफल भएको हो बैंकले जनाएको छ ।
बैंकले ३ सय ५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखारहित बैंकिग सेवा तथा ४ सय ७१ एटीएममार्फत सेवा प्रदान गरेको बैंकले बताएको छ । बैंकका अनुसार हालसम्म २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता रहेका छन् भने ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरु पुगेका छन् ।
यो अवधिमा सेयरधनीलाई लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न सफल भएको बैंकको दाबी छ। बैंकको सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ पुगेको छ। हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष दुवै गरी १५ अर्ब ७३ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको बैंकले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij