Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

चीन असल छिमेकी मात्र होइन अब्बल साझेदार पनि हो : अध्यक्ष दाहाल

चीन असल छिमेकी मात्र होइन अब्बल साझेदार पनि हो : अध्यक्ष दाहाल

  • 152
    SHARES
  • चीन असल छिमेकी मात्र होइन अब्बल साझेदार पनि हो : अध्यक्ष दाहाल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले चीन नेपालको लागि एक असल छिमेकी हुनको साथै महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता र विकास साझेदारको रुपमा उभिएको बताएका छन् ।

    शुक्रबार नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित नेपाल चीन आर्थिक तथा व्यापार सम्मेलनमा बोल्दै उनले चीनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार, सीमा नाकाबाट सुलभ, आगमन तथा डिजिटल व्यापारको प्रवर्द्धनले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुद बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

    अध्यक्ष दाहालले भने,‘चीन नेपालको लागि एक असल छिमेकी हुनको साथै महत्वपूर्ण व्यापारिक साझेदार लगानीकर्ता र विकास साझेदारको रुपमा उभिएको छ । चीनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार सीमा नाकाबाट सुलभ,आगमन तथा डिजिटल व्यापारको प्रवद्र्धनले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुद बनाउन मद्दत गर्ने मैले विश्वास लिएको छु ।’

    त्यस्तै उनले सम्मेलनले नेपाली कृषि हस्तकला पर्यटन जस्ता क्षेत्रहरु चीनियाँ बजारमा पहुँच बढाउने पनि विश्वास जनाए । चीनको प्रविधि र अनुभवबाट सिक्न र डिजिटल अर्थतन्त्रको विकासमा सहकार्य गर्नतर्फ सम्मेलनले सबैलाई प्रेरित गर्ने उनको भनाइ छ । ‘यो सम्मेलनले नेपाली कृषि हस्तकला पर्यटन जस्ता क्षेत्रहरु चीनियाँ बजारमा पहुँच बढाउन सडक ऋण र उर्जालगायतका परियोजनामा चीनियाँ लगानी भित्र्याउन चीनको प्रविधि र अनुभवबाट सिक्न र डिजिटल अर्थतन्त्रको विकासमा सहकार्य गर्न तर्फ हामी सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु,’अध्यक्ष दाहालले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij