Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रपति भएपछि पहिलोपटक तिब्बत पुगे सी, न्याङ नदीमा बनेको पुलको उद्घाटन गरे

राष्ट्रपति भएपछि पहिलोपटक तिब्बत पुगे सी, न्याङ नदीमा बनेको पुलको उद्घाटन गरे

  • श्रावण ८, २०७८ शुक्रवार १४:०९ बजे
  • 528
    SHARES
  • राष्ट्रपति भएपछि पहिलोपटक तिब्बत पुगे सी, न्याङ नदीमा बनेको पुलको उद्घाटन गरे

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति बनेपछि पहिलोपटक तिब्बत भ्रमण गरेका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सी बुधबार तिब्बत पुगेका हुन्।

    बुधबार दक्षिण–पश्चिमी तिब्बतको नियंग्सी सहर पुगेका उनलाई त्यहाँका स्थानीयले स्वागत गरेका थिए। उनले त्यहाँ न्या नदीमा बनेको पुलको उद्घाटन गरेका थिए। बिहीबार भने उनले नियंग्सीदेखि ल्हासासम्मको रेल यात्रा गरेका थिए। नियंग्सी र ल्हासाबीच गत महिना मात्र रेल सेवा सुरुवात भएको थियो। यो तिब्बतको पहिलो विद्युतीय रेल सेवा हो।

    तिब्बत चीनको स्वशासित क्षेत्र हो। तिब्बतको नियंग्सी सहर भारतको अरुणाचलको सीमा नजिकै पर्दछ। यो क्षेत्र वरपर भारत र चीनबीच सीमा विवाद हुँदै आएको छ। सीले भारतको सीमा नजिकैबाट चल्ने रेल चढेका हुन्।

    चीलने ७० वर्ष अगाडि तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो। निर्वासित तिब्बती धर्मगुरु दलाई लामा हाल आफ्ना अनुयायीका साथमा भारतको धर्मशालामा बसिरहेका छन्।
    लामाले तिब्बत चीनको उपनिवेशबाट मुक्त हुनुपर्ने बताउँदै आएका छन् । नेपालले भने एक चीन नीतिलाई समर्थन गर्दै आएको छ ।

     

  • सम्बन्धित विषय:

  • # तिब्बत
  • # सी चिनफिङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij