Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

  • 154
    SHARES
  • बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

    काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।बुधबार सिंहदरबारमा सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए ।

    बर्तौलाले भने,‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं । वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरुको शुभकामनाबाट सुरु गर्ने छौं । सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमा ल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने गरी कार्यसूचीमा राखेको छौं ।’

    बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ ।संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

    बर्तौलाले भने,‘शिक्षा विधेयकलाई छिटो भन्दा छिटो टुङ्ग्याउँ छौं । उपसमितिले प्राप्त गरेको समयभित्र समितिलाई पेस गर्ने र समितिले केहीदिन भित्रनै टुङग्याएर संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन बरु कार्यसूचीमा भएका अन्य कामलाई होल्ड गर्छौ तर शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरा भएको छ । यसमा सबैको ऐक्यवद्धता छ । यो महिनाको अन्तिमसम्म शिक्षा विधेक पारित गर्ने छौं ।’

    त्यस्तै, १४,१५ र १६ गते लगातार तीनदिन बैठक चलाउने र अड्कीएका विधेयकहरुलाई टुंगाे लगाउने पनि उनले बताए । ‘१४,१५र १६ गते हामी लगातार तीन दिन बैठक चलाउँछौं र त्यस दिनमा केही विधेयकहरुलाई टुंग्याउछौं । पाँचौं अधिवेशनमा प्रतिपक्षको विरोधका कारण अड्केका विधेयकहरु टुंग्याउँछौं ।’उनले भने,

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij