Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चर्को घाममा नाचगानसहित शिक्षककाे आन्दोलन जारी

चर्को घाममा नाचगानसहित शिक्षककाे आन्दोलन जारी

  • 160
    SHARES
  • चर्को घाममा नाचगानसहित शिक्षककाे आन्दोलन जारी

    काठमाडौं । शिक्षक कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज (शुक्रबार) २४ औैं दिनपनि जारी राखेका छन् ।  नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।

    आन्दोलनरत शिक्षकहरूलाई अबको तीनदिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।

    शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाब मूलक गीतहरु बजाएर नाचगान गरेका हुन् । शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमतिअनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्ति भरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij