Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

शिक्षकहरुकाे शान्तिपूर्ण प्रदर्शन आज पनि जारी

शिक्षकहरुकाे शान्तिपूर्ण प्रदर्शन आज पनि जारी

  • 87
    SHARES
  • शिक्षकहरुकाे शान्तिपूर्ण प्रदर्शन आज पनि जारी

    काठमाडौं । शिक्षा आन्दोलनको २७ औं दिन आज(सोमबार) पनि जारी छ । आन्दोलनको २६औँ दिन हिजो आइतबार बानेश्वरमा भएको झडपको घटनापछि पनि आज शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका छन् । सोमबार विजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । 

    सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरुलाई थप शसक्त बनाएका हुन् । आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका थिए ।

    झडपको घटनापछि नेपाल शिक्षक महासंघले देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलनका लागि आब्हान गरिसकेका छन् । यता, आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका नौ शिक्षक अस्पतालमा उपचाररत छन् । चार जनाको सिभिल, तीन जनाको ट्रमा सेन्टर र दुई जनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij