Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षकका माग सम्बोधन गर्न सरकार सहमत, मन्त्रिपरिषद्को निर्णय कुर्दै शिक्षक

शिक्षकका माग सम्बोधन गर्न सरकार सहमत, मन्त्रिपरिषद्को निर्णय कुर्दै शिक्षक

  • 187
    SHARES
  • शिक्षकका माग सम्बोधन गर्न सरकार सहमत, मन्त्रिपरिषद्को निर्णय कुर्दै शिक्षक

    काठमाडाैं । २९ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूका माग सम्बोधन गर्न सकारकार सहमत भएको छ ।
    बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा शिक्षकका माग सम्बोधन गर्न सरकारले सहमति जनाएको हो ।

    नेपाल शिक्षक महासंघका पदाधिकारीसहित विभिन्न घटक संस्थाका प्रतिनिधि र शिक्षा मन्त्री रघुजी पन्तबीच भएको वार्तामा शिक्षकले राखेका ९ बुँदेमाग सम्बोधन गर्न शिक्षामन्त्री पन्त सहमत भएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष एवं शिक्षक आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् ।

    उनका अनुसार शिक्षामन्त्री पन्तले शिक्षकले राखेका ९ बुँदे प्रस्तावमा सहमति जनाएका छन् ।

    शिक्षकका मागमा  सहमति जनाएर शिक्षा मन्त्रीले उक्त सहमतिलाई मन्त्रिपरिषद्को बैठकमा लगेको उनले जानकारी दिइन् ।

    उनका अनुसार अब शिक्षक र महासंघ मन्त्रिपरिषद् बैठकले के निर्णय गर्छ भन्ने प्रतिक्षामा रहेका छन् । आज भएको सहमति अनुसार मन्त्रिपरिषदले निर्णय गरे कुन ढंगले अघि बढ्ने र माग सम्बोधन हुने नदेखिए आन्दोलनलाई कुन मोडलबाट अघि बढाउने निर्णय महासंघले गर्ने उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij