Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

छवि किरण ओलीका तीन गजल

छवि किरण ओलीका तीन गजल

  • 1.2K
    SHARES
  • छवि किरण ओलीका तीन गजल

                      

    images

                       गजल– १

    जिन्दगी बनाउनका लागी हरदम साधना थियो ।
    मेरो पनि मालिक बन्ने कति ठूलो सपना थियो ।

    उनको मेरो मायालाई हुरी आई उडाए पनि
    यो दिलको बगैँचामा उनको मात्र सम्झना थियो ।

    गाउँबेँसीमा अशान्तिले बहेली खेल्न थाले पछि 
    भिरपाखामा कोइलीको बिरहको मूर्छना थियो । 

    कति मरे निर्दोष मान्छे शासकबाट मुक्त हुन 
    देशकै लागि आकस्मिक काहालीलाग्दो घटना थियो ।

    भूमिहीनलाई यो राज्यले जमीन दिने भने पनि 
    हार्डिङबोर्डमा सुकुम्बासी हटाउने सुचना थियो । 

                 
                        गजल– २

    जसरी भाग्य बदल्नु छ अनि घर बनाउनु छ।
    यो कुरूप बस्तीलाई पनि सहर बनाउनु छ ।

    खुन मिसिएको नदीलाई बग्नबाट रोकेर मैले 
    पसिनाको मुल फुटाउनु छ र समथर बनाउनु छ । 

    अशान्ति र अपराधले जरा गाडेको मुलुकलाई
    विकासको लहर खोली शान्त सुन्दर बनाउनु छ ।

    अशान्ति बोकेर पंक्षीहरू कावा खाँदै नउडून् भनी 
    जसरी पनि यो धर्तीलाई छिट्टै सगर बनाउनु छ । 

    गाउँमा साइरन बजाउँदै एम्बुलेन्स नजान सक्छ
    त्यसैले त बिरामी बोक्ने तोक्मा ढाकर बनाउनु छ । 

                    गजल– ३

    आखिरमा गुलाम बन्नु बाध्यता हो शरीरको !
    परदेशमा पनि कहिल्यै भएन आशा जागिरको 

    जब उसको पत्थरजस्तो मनले नाता तोडेपछि 
    घरीघरी अतित आउँछ याद बनेर तस्बिरको 

    आफ्नै देशको सीमानामा बैरीले रजाइँ गर्दा पनि 
    छाती खोली लड्छन् वीर रक्षा गर्छन् काश्मिरको

    गरिबका ती च्यातियका हात पाउले कुँदिएका 
    कस्ले सुरक्षा गर्छ अब गुम्बा मठ मन्दिरको !

    मनै न हो जहाँ पुगे पनि सम्झना आइरहन्छ 
    तिनै गाउँबेँशी गरेका पाखा–पखेरा र भिरको ! 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology