Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

  • 144
    SHARES
  • कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

    सुर्खेत । कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमनबन्द गरिएको छ ।  उक्त सडक खण्डको निर्माणको कामभइरहेकोले १५ दिनसम्म सवारी आवागमनबन्द गरिएको हो ।

    कर्णाली राजमार्ग भएर कर्णालीकाकालिकोट, जुम्ला, मुगु, हुम्लातथा सुदूरपश्चिमप्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तलाभएर साईगाउँनिस्कने गरी वैकल्पिकमार्ग तोकिएको जिल्लाप्रशासनकार्यालय दैलेखले जनाएको छ ।

    रामाघाट–साईगाउँ खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पार गर्नु पर्नेछ ।  कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिबगर र साईगाउँ क्षेत्रमानिकै सास्ती भएपछि सडक निर्माणको कामथालिएको हो । 

    सडक डिभिजन कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको कामथालेको थियो ।  सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्नेगरी बैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतकाप्रमुखखुम भण्डारीले जानकारी दिए । 

    ‘दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो,’ उनले भने, ‘निर्माणले अपेक्षाकृत गतिलिननसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।’

    राजमार्ग जेठ ११ गतेसम्म दैनिकविहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्दहुनेछ । लामो समयसम्म सवारी रोक्नुभन्दा बैकल्पिक सडकबाट सवारी आवागमनमिलाइएको प्रशासनले जारी गरेको सूचनामाउल्लेख छ । नागरिकलाई दुःखदिनेभन्दापनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहजआवागन गराउने लक्ष्य रहेको भण्डारीले बताए ।

    २०८३ असारमा काम सम्पन्न गर्ने गरी खड्का के एस के शिशिर बसन्त जेभीलेपाली–रामाघाट १२ र सिस्ने–साईगाउँ १२ गरी २४ किलोमिटर सडक निर्माण सम्झौता गरेको छ । कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिए । बिग्रिएको सडक सुधार, नालानिर्माण र असारसम्म वेश विछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij