वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्दैछ । प्रधानमन्त्रीको सचिवालयले यो नियमित बैठक भए भएको बताए पनि नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर नियुक्त हुनसक्ने सम्भावना छ ।
सरकारले गत बुधबार नै गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र त्यसमध्ये एक जनाको नाम मन्त्रिपरिषद्ले अनुमोदन गर्ने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij