वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५० पैसा र बिक्रीदर ९८ रूपैयाँ ९३ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रूपैयाँ १९ पैसा रहेको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रूपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७१ पैसा र बिक्रीदर २० रूपैयाँ ८० पैसा तोकिएको छ ।
त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७ रूपैयाँ ४५ पैसा कायम भएको छ ।
यसको साथै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ १६ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ४० पैसा र विक्रीदर ३५४ रूपैयाँ ९६ पैसा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij