Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्वीट्जरल्यान्डमा अनुहार ढाक्ने पोशाकमा प्रतिबन्ध 

स्वीट्जरल्यान्डमा अनुहार ढाक्ने पोशाकमा प्रतिबन्ध 

  • फाल्गुण २४, २०७७ सोमवार १०:११ बजे
  • 638
    SHARES
  • स्वीट्जरल्यान्डमा अनुहार ढाक्ने पोशाकमा प्रतिबन्ध 

    स्विजरल्याण्डमा, मानिसहरुले सार्वजनिक रूपमा अनुहार ढाक्ने हिजाब, बुर्कासहितका पोशाकमाथि लगाएको प्रतिबन्धको समर्थन गरेका छन् । सार्वजनिक रुपमा अनुहार ढाक्ने पोशाकमाथि प्रतिबन्ध लगाउन आइतबार त्यहाँ जनमत संग्रह गरिएको थियो । दक्षिणपन्थी स्विस पिपल्स पार्टीले ‘अतिवाद रोकौं’ भन्ने नारासहित अघि सारेको प्रस्तावमाथि जनमतसंग्रह गरिएको थियो । मानिसहरुले प्रस्तावको पक्षमा भोट गरेका छन् ।

    प्रतिबन्धको समर्थन गर्ने र यसको विपक्षमा रहेकाहरु बीचको मतान्तर अति कम रहेको छ । एसआरएफ टेलिभिजनका अनुसार प्रस्तावको समर्थनमा ५१.२ प्रतिशत र यसको विपक्षमा ४८ प्रतिशतले मतदान गरेका छन् । प्रमुख स्वीस इस्लामिक समूहका एक प्रमुखले मुस्लिमहरूका लागि यो कालो दिन भएको बताएका छन् ।

    मुस्लिमहरूको केन्द्रीय परिषदले एक विज्ञप्ति जारी गर्दै ‘आजको निर्णयले पुरानो घाउलाई फेरि एकपल्ट जीवन्त बनाएको छ। यसले कानूनी असमानताको सिद्धान्तलाई थप हौसला प्रदान गरेको छ र साथसाथै मुस्लिम अल्पसंख्यकहरूलाई अलग राख्ने स्पष्ट संकेत गरेको’ प्रतिक्रिया दिएको छ । 

    स्विस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो । लुसेर्न विश्वविद्यालयको अनुसन्धानका अनुसार स्विजरल्याण्डमा प्रायः कोही पनि बुर्का लगाउँदैनन् । स्विट्जरल्यान्डका ८.६ मिलियन जनसंख्यामा पाँच प्रतिशतमात्र मुस्लिम समुदाय छन्, जसमध्ये ३० प्रतिशत महिलामात्र नकाब लगाउँछन् । 

  • सम्बन्धित विषय:

  • # स्वीट्जरल्यान्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij