Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 87
    SHARES
  • आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६५ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रूपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रूपैयाँ १८ पैसा र बिक्रीदर १८४ रूपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रूपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ९३ पैसा र बिक्रीदर १०६ रूपैयाँ ४० पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १९ पैसा र बिक्रीदर चार रूपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ १६ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २७ पैसा र बिक्रीदर १४ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७३ पैसा र बिक्रीदर २० रूपैयाँ  ८२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७ रूपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ८४ पैसा र विक्रीदर ३५५ रूपैयाँ ४० पैसा रहेको छ ।

    भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij