Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नाइजेरियामा श्रृङ्खलाबद्ध आक्रमण : ३० भन्दा बढीको मृत्यु

नाइजेरियामा श्रृङ्खलाबद्ध आक्रमण : ३० भन्दा बढीको मृत्यु

  • 141
    SHARES
  • नाइजेरियामा श्रृङ्खलाबद्ध आक्रमण : ३० भन्दा बढीको मृत्यु

    एजेन्सी  । नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ ।

    आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँहरूमा पनि १० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

     स्थानीय बासिन्दा रुथी डान सामका अनुसार केही पीडित दुई वर्ष मुनिका बालबालिका समेत थिए, जसले घटनालाई अझ दर्दनाक बनाएको छ ।

    घटनामा मारिएका केहीलाई घटनास्थलकै नजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij