Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 89
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ २८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।

    यस्तै, आजका लागि युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रूपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रूपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रूपैयाँ ५८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रूपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रूपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ८७ पैसा र बिक्रीदर १०६ रूपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ तीन पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १० पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४० पैसा कायम भएको छ ।

    यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ९३ पैसा र बिक्रीदर नौ रूपैयाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १९ पैसा र बिक्रीदर १४ रूपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६९ पैसा र बिक्रीदर २० रूपैयाँ ७९ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ दुई पैसा र बिक्रीदर ४४५ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ र बिक्रीदर ३५५ रूपैयाँ ५६ पैसा तोकिएको छ । 
    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij