Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विषादी रहित आँपले बजार पाएन

विषादी रहित आँपले बजार पाएन

  • 185
    SHARES
  • विषादी रहित आँपले बजार पाएन

     

    काठमाडाैं । पाक्ने बेलै नभइ बजारमा आएका आँपमा विषादीको मात्रा बढी भेटिएको हल्ला पछि आँपको बिक्री सुस्ताएको छ । स्वास्थ्यमा सतर्क भइसकेका ग्राहकले विषादी हालेर समय अगावै पकाइएको आँप भन्ने थाहा पाएपछि किन्न कम गरेका हुन् । 

    आँप पाक्न सुरु हुनु अगावै काठमाडौंमा पाकेका आँपको बिगबिगी थियो । बेला नै नभइ जबर्जस्ती पकाउन प्रयोग हुने केमिकलले स्वास्थ्यलाई हानी गर्छ । समय अघि आइपुगेका आँप किन्न ग्राहकमा होडबाजी देखिए पनि विषादीको प्रयोगको हल्लाले बिक्री घटेको व्यवसायीहरू बताउँछन् । 

    सयम अगावै बढी मूल्यमा बेच्न पल्केका बिक्रेताले केमिकलको प्रयोग गर्ने गर्छन । जसका कारण स्वास्थ्यलाई फाइदा गर्छ भनेर खाइएको फलले उल्टै बिरामी बनाउँछ । 

    Mango-Sarlahi.jpg
    सर्लाहीको उष्ण प्रदेशीय बागवानी केन्द्रमा उत्पादित आँप टिपेर बिक्रीका लागि तयार गर्दै

    उता विषादी रहित आँप बेच्ने बिक्रेता भने यो हल्लाको मारमा परेका छन् । सर्लाहीको उष्ण प्रदेशीय बागवानी केन्द्रमा उत्पादित आँप पनि बिक्री हुन सकेको छैन । सरकारी बागवानीमा उत्पादन भएको आँपमा विषादीको प्रयोग नियन्त्रित हुन्छ । बागवानी केन्द्रको करिव १०० बिघा जग्गामा ६ हजार आँपका बोट छन् । बागवानीको आँप स्वादिष्ट र गुणस्तरीय हुने भए पनि बजारमा भने प्रभाव जमाउन सकेको छैन् । 

    Mango.jpg

    बागवानीको आँप बिक्रीको ठेक्का पाएको संस्थाका संचालक संजय पासवानले विषादीवाला आँप बेच्नेको बिगबिगीले गर्दा विषादी रहित आँपको पनि बजार खस्केको बताए । ‘यो सरकारी फर्मबाट उत्पादन भएको आँप हो,’ पासवानले भने, ‘यहाँको आँप  पाक्ने समय भएपछि मात्र टिप्छौँ । त्यसैले गर्दा यहाँ आँप पकाउन केमिकल प्रयोग गर्नु पर्दैन ।’

    उनले विषादीवाला आँप खाएर मानिस बिरामी पर्न थालेपछि विषादीरहित आँप पनि ग्राहकले किन्न छाडेको पासवानले बताए । उनले विषादीवाला आँपलाई कडाइसाथ रोक्नु पनि माग गरे । 

  • सम्बन्धित विषय:

  • # आँप खेती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij