एजेन्सी– बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी फुटबलर अफ द इयर अवार्ड जितेका छन्। फुटबल म्यागजिन किकरले आइतबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो ।
जर्मनीको खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन् । पोल्यान्डका ३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
गत सिजन जर्मन बुन्डेसलिगा फुटबलमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका थिए । च्याम्पियन टिम बायर्नका लेवान्डोस्कीले ४१ गोल गरेका थिए ।
लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए । महिलातर्फ निकोल बिलाले प्लेयर अफ द इयर अवार्ड हात पारिन् । जर्मन म्यानेजर अफ द इयर अवार्ड थोमस टुचेलले हात पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij