Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सशस्त्र प्रहरीले छापा मार्दा भंसार छलेका २३ लाखका कपडा बरामद

सशस्त्र प्रहरीले छापा मार्दा भंसार छलेका २३ लाखका कपडा बरामद

  • 96
    SHARES
  • सशस्त्र प्रहरीले छापा मार्दा भंसार छलेका २३ लाखका कपडा बरामद

    काठमाडौं । वीरगंजको एउटा गोदाममा लुकाएर राखेको झण्डै २३ लाख रुपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

    वीरगंज महानगरपालिका–६ रेशमकोठीबाट आइतबार अबैध रुपमा भित्र्याएर लुकाई छिपाई राखेको २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।

    भारतबाट अवैध रुपले ल्याएर लत्ताकपडा गोदाममा राखेको भन्ने सूचना पाएर सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो । सो क्रमामा ठूलो मात्रामा फेन्सी कपडा बरामद भएको हो ।

    बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि सोमबार वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij