Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातिर गइरहेको छः स्वास्थ्यविज्ञ एन्थोनी फाउची

कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातिर गइरहेको छः स्वास्थ्यविज्ञ एन्थोनी फाउची

  • श्रावण ११, २०७८ सोमवार १२:१४ बजे
  • 655
    SHARES
  • कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातिर गइरहेको  छः  स्वास्थ्यविज्ञ एन्थोनी फाउची

    एजेन्सी । कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातिर गइरहेको अमेरिकाका प्रमुख स्वास्थ्यविज्ञ एन्थोनी फाउचीले जनाएका छन् । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाले सक्दो चाँडो सबै जनतालाई खोपको दायराभित्र समेट्न नसके डेल्टा भेरियन्टको संक्रमण फैलिने जोखिम रहेको बताएका छन् ।

    फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरुलाई पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको जनाएका छन् । उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने खाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन् । खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस ‘एउटा महामारी बनेको’ उनको भनाइ छ ।

    आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ । अमेरिकामा गत एप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij