वेबटिभी खबर
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । गत चैत १५ गते २ जनाको ज्यान जाने गरी भएको तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्रमाथि मुद्दा चलेको थियो ।
सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । उनी पनि ३ लाख धरौटीमा छुटेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij