वेबटिभी खबर
काठमाडौं । नेपाल स्कटल्याण्डमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गतको अन्तम खेलमा पराजित भएको छ ।
स्कटल्याण्डले प्रस्तुत गरेको १९४ रन पछ्याएको नेपालले बसै विकेट गुमाएर १५९ रन बनाउन मात्र सफल भयो । यो हारसँगै नेपालले अन्तर्राष्ट्रिय टी–२० श्रृंखला जित्ने मौका पनि गुमाएको हो ।
१८.५ ओभरमा १५९ रनमा अलआउट भएको नेपालका लागि लागि युवा अलराउन्डर रुपेश सिंहले २२ बलमा तीन छक्का र एक चौकासहित अविजित ४३ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १४, भीम सार्कीले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij