वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर १६,८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको संक्रमणका कारणले निधन भएको छ । काममाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै दिनहुँ संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।
आइतबार काठमाडौं उपत्यकामा ६२४ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार संक्रमण दर ह्वात्तै बढेर ९९९ पुगेको छ । हामीले बेलैमा सचेत नभएको संक्रमण दर बढ्न सक्ने देखिएको छ ।
नेपालमा हालसम्म ७,३,८८१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६,४५,३०१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने ९,७३० जनाको संक्रमणका कारणले निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij