वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताएका छन् । प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको बताए ।
‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड भएका थिए ।
प्रधानमन्त्री ओलीले विद्यार्थीको मेहिनत सफल भएको र अब भविष्य निर्माणको अर्को यात्रा सुरु गर्न आग्रह गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij