Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

  • 126
    SHARES
  • राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

    केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको सुचना मार्फत जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।

    राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij