Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्छ : अध्यक्ष प्रचण्ड

उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्छ : अध्यक्ष प्रचण्ड

  • 116
    SHARES
  • उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । प्रचण्डले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पिडित वर्गका लागि एवम जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

    उनले बाबा पाख्रिन र उनको नेतृत्वमा रहेका व्यक्तिहरु पार्टी प्रवेश गरेपछि पर्सामा विजय यात्रा सुरु भएको समेत बताए । साथै कलाकार बाबा प्राख्रिनले युवाहरु राजनीतिका आउनुपर्ने धारणा राखे ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij