वेबटिभी खबर
काठमाडौं । चौथो बाग्मती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ आउँदो असार २६ गतेदेखि २८ गतेसम्म काठमाडौमा हुन गइरहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा जिल्ला समन्वय समिति काठमाडौले तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडौमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिग सञ्चालन गरिएको छ । वर्षमा चार पटक आयोजना हुने लिगबाट खेलाडीको वरीयता निर्धारण गरिनेछ । खेलाडीको वरीयता निर्धारणसहित तेक्वान्दो प्रतियोगिता नेपालमा जिल्ला समन्वय समिति काठमाडौले शुरुवात गरेको छ । लिग हरेक तीन/तीन महिनामा सञ्चालन गर्दै आइरहेका छौ ।
जसमा प्रथम वागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१ माद्र १ गते र २ गते नागार्जुन कवर्डहल, स्युचाटारमा सम्पन्न भएको थियो, दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१ पुष १९ र २० गते टोखा नगरपालिका वडा नं ५ समाज भवनमा सम्पन्न भएको थियो ।
तेस्रो बाग्मती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ बैशाख १७ र १८ गते बुढानीलकण्ठ नगरपालिका वडा नं ८ गोल्फुटार बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । पहिलो पटक नेपालले तेक्वान्दो खेलमा बरियतासहितको खेलाडी पाउने छ । जिल्ला समन्वय समितिको घोषणा कार्यक्रम अनुसार उत्कृष्ट महिला एक तथा पुरुष एकले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक, एकवटा ई–स्कुटर पाउने छन् भने अन्य प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई प्रथम १५ हजार, द्वितिय १० हजार र तृतिय स्थान हासील गर्ने दुईजना लाई ५/५ हजार नगद पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिने छ ।
लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहहरु साथै महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५२ र ५३-५० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउने छन् ।
हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाण्डौले व्यवस्थापन गर्नेछ । हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij