Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अस्पतालका नियमित सेवा सञ्चालन

अस्पतालका नियमित सेवा सञ्चालन

  • 135
    SHARES
  • अस्पतालका नियमित सेवा सञ्चालन

    काठमाडौं । आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन् ।

    वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको बताए । ‘सरकार र चिकित्सकबीच सहमति भएपछि आजदेखि हामीले नियमित सबै सेवा सुरु गरेका छौँ,’ उनले भने ।

    चिकित्सकका कारण सोमबार र मंगलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो । सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन् ।

    उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक संघको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

  • सम्बन्धित विषय:

  • # अस्पताल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij