Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

  • 137
    SHARES
  • राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

    काठमाडौं । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदिमा फसेका तीन जनालाई नेपाल सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

    मंगलबार गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीको कारण नदिको बीच टापुमा फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट  खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको हो ।

    a806111f-ae08-4c3f-992b-b8d8d8e08159.jpg

    उद्वार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षिय मानसिंह धामी, ६९ वर्षिय लील बहादुर खत्री र ५० वर्षिय ससु वली छन् । 

    उनीहरुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij