Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेसमा साढे ४ लाख नयाँ सदस्य थपिएसँगै क्रियाशील सदस्य साढे ८ लाख पुगे

कांग्रेसमा साढे ४ लाख नयाँ सदस्य थपिएसँगै क्रियाशील सदस्य साढे ८ लाख पुगे

  • श्रावण १२, २०७८ मंगलवार १२:५४ बजे
  • 1.3K
    SHARES
  • कांग्रेसमा साढे ४ लाख नयाँ सदस्य थपिएसँगै क्रियाशील सदस्य साढे ८ लाख पुगे

    काठमाडौं । नेपाली कांग्रेसमा साढे चार लाख नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्य थपिएसँगै क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ ।  १४ औं महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता छानविन समितिले कुल ८ लाख ५२ हजार ७ सय ११ सदस्यहरूलाई क्रियाशील सदस्यता वितरण गरेको छ ।

    पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ । सबैभन्दा धेरै क्रियाशील सदस्य बागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५ सय ६६ जना छन् ।

    रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ । कांग्रेसले सर्लाही क्षेत्र नम्बर २, धनुषा ४ साथै सप्तरी र बारा जिल्लामा क्रियाशील सदस्यता विवाद भने मिलाउन सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij