Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पाँचखालका ३६ वर्षीय युवक १३ दिनदेखि बेपत्ता

पाँचखालका ३६ वर्षीय युवक १३ दिनदेखि बेपत्ता

  • 740
    SHARES
  • पाँचखालका ३६ वर्षीय युवक १३ दिनदेखि बेपत्ता

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका-६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ ।

    सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छिन् । पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ ।

    ‘सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु’, सम्झनाले भनिन् ।

    खेती-किसानी गर्दै आएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए ।

    उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन् । निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij