Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साउनको सोमबार भक्तजनलाई पशुपतिनाथ दर्शन गर्न सहज

साउनको सोमबार भक्तजनलाई पशुपतिनाथ दर्शन गर्न सहज

  • 94
    SHARES
  • साउनको सोमबार भक्तजनलाई पशुपतिनाथ  दर्शन गर्न सहज

    काठमाडौं । आज साउनको सोमबार पशुपतिनाथ सहित अन्य शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थी भक्तजनको बिहानैदेखि भीड छ । 

    व्रत बसेर दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेकी रजनी थापाले यस पटक सहज रुपमा दर्शन गर्ने वातावरण पाएको बताइन् । उनले भनिन्, ‘बिहान पाँच बजेदेखि लाइन लागेको हुँ । लाइन छिट्टै सरेको छ ।’ यस्तै दर्शनकै लागि पशुपति पुगेकी देवी थापाले यसपालि पशुपति दर्शन गर्न अलिक सहज लागेको बताइन । 

    साउनको सोमबार शिवलाई जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत रहेको छ ।

    पशुपति क्षेत्र विकास कोषले पनि साउन महिनाभर विशेषतः सोमबारका दिन भक्तजनहरूको सुविधा, सुरक्षा र उचित व्यवस्थापनका लागि विशेष तयारी गरेको जनाएको छ । 

    Pashupatinath.jpg

    कोषका अनुसार निःशुल्क खानेपानी, मोबाइल शौचालय र स्वास्थ्य सहायता केन्द्रको व्यवस्था, दर्शन व्यवस्थापनको लागि प्रवेश र निकासको स्पष्ट रेखाकंन तथा प्रहरी सहायताको व्यवस्था, स्वयंसेवक, प्रहरी र सुरक्षाकर्मीको समन्वयमा लाइन व्यवस्थापन, आन्तरिक सरसफाइ तथा फोहोर व्यवस्थापन, भीड नियन्त्रणका लागि सिसिटिभी निगरानी र सूचना प्रणालीको व्यवस्था, भक्तजनलाई सहयोग पुग्ने उद्देश्यले सूचनाकक्ष एवं माइक मार्फत सूचना प्रसारणको प्रयोगबाट नियमित जानकारीको व्यवस्था, विशेष पूजाका लागि विशेष लाइनमार्फत व्यवस्था, भक्तजनको आवतजावत सहजिकरणको लागि निःशुल्क बस सेवाको व्यवस्था, खोज तलास केन्द्रको व्यवस्था लगायतको सुविधा मिलाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij