Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

झापाको बिर्तामोडमा निषेधाज्ञा अवधिभर के गर्न पाइने, के नपाइने ?

झापाको बिर्तामोडमा निषेधाज्ञा अवधिभर के गर्न पाइने, के नपाइने ?

  • 457
    SHARES
  • झापाको बिर्तामोडमा निषेधाज्ञा अवधिभर के गर्न पाइने, के नपाइने ?

    काठमाडौं । बिर्तामोड नगरपालिकाले १३ साउन मध्यरातदेखि १९ साउन मध्यरातसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ । लकडाउन अवधिभर औषधि पसल बाहेकका व्यापार-व्यावसाय, उद्योग कलकारखाना, सम्पूर्ण वित्तीय संस्था पूर्ण रुपले बन्द (सील) हुने नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।

    दुग्धजन्य पदार्थ, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ, वरुणयन्त्र, एम्बुलेन्स, शव वाहन, फोहोरमैला व्यवस्थापन, पशुपंक्षीलाई आवश्यक पर्ने आहारा, इन्टरनेट, सञ्चार बाहेकका सवारीसाधन पूर्ण रुपमा रोक लगाइएको छ । राजमार्गबाहेकका सबै सडकमा आवतजावत बन्द गरिने छ । एक साता भर सरकारी कार्यालयका अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द हुने छन् ।

    त्रिभुवन विश्व विद्यालय तथा अन्य विश्व विद्यालय र शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा स्वास्थय मापदण्ड पुरा गरी तोकिएको केन्द्रबाट सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । पछिल्लो समय कोरोना नियन्त्रण भन्दा बाहिर गएकाले चेन ब्रेक गर्न सील नै गर्नु पर्ने बाध्यता आएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिए । खाद्य पसलसमेत बन्द हुने हुँदा सील हुनु पुर्व अत्यावश्यक वस्तु व्यवस्थापन गर्न नगरले आग्रह गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij