वेबटिभी खबर
काठमाडौं । प्रहरीले तीन तहमा गरी सोमबार ३५ जना अधिकृतको बढुवा सिफारिस गरेको छ ।
लामो समय रोकिएको बढुवा एकै पटक निकालिएको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ११ जना, प्रहरी उपरीक्षक (एसपी) मा ११ जना नायब उपरीक्षक (डीएसपी)मा १३ जनाको बढुवा सिफारिस भएको हो ।
एसपीबाट एसएसपीमा तुलबहादुर कार्की, राकेश सिंह, राजीव बहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनालको बढुवा सिफारिस भएको छ ।
त्यसैगरी डीएसपीबाट एसपीमा अनिल कुमार खड्का, महेश थापा, दीपेन्द्र पञ्जियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दीपक खड्कालाई बढुवा सिफारिस भएको हो ।
इन्सपेक्टरबाट डीएसपीमा भने १३ जनाको बढुवा सिफारिस भएको छ । जसमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्रबहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल परेका छन् ।
एसएसपी बढुवा सिफारिस सुची

एसपी बढुवा सिफारिस सुची

डीएसपी बढुवा सिफारिस सुची


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij