वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले आउने १५ वर्षमा नेपाललाई मेजर आइटी हब बनाउनुपर्ने भन्दै यसको लागि ठूला नाम चलेका कम्पनीहरुलाई नेपालमा सेन्टर खोल्नको लागि प्रोत्साहित गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रविधि उपलब्ध छ, भनेपछि आइटीलाई प्राथमिकतामा राखेका छौ र राख्नु पनि पर्छ । आउने १५ वर्षमा नेपाललाई मेजर आइटी हब बनाउन, त्यसमा ठूला नाम चलेका कम्पनीहरुलाई नेपालमा सेन्टर खोल्नको लागि प्रोत्साहित गर्नुपर्छ । यसबाट युवाहरु आकर्षित हुन सक्छ । यसमा ध्यान दिनुपर्छ । नेपालमा क्षमता भएको जनशक्ति छ । आइटी क्षेत्रबाट धेरै ठूलो निर्यात र उत्पादन बढाउन सकिन्छ ।’
बीपीको सिद्धान्त भनेको समृद्धि बाड्ने समाजवाद भएको भन्दै यसको लागि उत्पादन बढाउनु पर्ने उनको भनाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij