Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एकै परिवारका १६ जना बेपत्ता, खोजीमा दुई जिल्लाका प्रहरी परिचालन

एकै परिवारका १६ जना बेपत्ता, खोजीमा दुई जिल्लाका प्रहरी परिचालन

  • 100
    SHARES
  • एकै परिवारका १६ जना बेपत्ता, खोजीमा दुई जिल्लाका प्रहरी परिचालन

    रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १७ जना सदस्यको खोजीका लागि रामेछाप प्रहरी पनि परिचालित भएको छ ।

    स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँ सहित १७ जना बेपत्ता भएपछि उनीहरू रामेछापको हायु गाउँमा आएको हुन सक्ने भन्दै रामेछाप प्रहरी पनि खोजीमा जुटेको हो ।


    रामेछापको हायु समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नं ८ रामेछापको हायु गाउँमा प्रहरी परिचालन भएको छ । रामेछापको वडा नं ७ र ८ मा हायु समुदायको बसोबास रहेको छ । उनीहरू यहाँका हायु समुदायका आफन्तकोमा आएको हुनसक्ने आशङ्कामा खोजी सुरु गरिएको हो ।  

    ‘रामेछाप नगरपालिकामा अन्तिम मोबाइल लोकेसन देखाएकोले रामेछापमा पनि खोजी सुरु गरिएको हो, खोजी जारी छ, तर अहिलेसम्म पत्ता लागेको छैन’, जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले भने।

    एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए ।

    बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको करिब ८ लाख रुपैँया सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।

    छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् । उनीहरुलाई सिन्धुली जिल्ला प्रहरीले पनि खोजी गरिहेको छ ।

    हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ ।

    घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमानको गतवर्ष निधन भएको थियो ।‘ श्रीमान् पोहोरसाल बित्नु भयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, ती मध्ये एउटी छोरी काठमाडौँ तिर छिन्, एउटी बुहारी विदेश तिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने ।

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij