Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मलंगवाको यातायात कार्यालयले एक वर्षमा संकलन गर्यो १२ करोड भन्दा बढी राजस्व

मलंगवाको यातायात कार्यालयले एक वर्षमा संकलन गर्यो १२ करोड भन्दा बढी राजस्व

  • 94
    SHARES
  • मलंगवाको यातायात कार्यालयले एक वर्षमा संकलन गर्यो १२ करोड भन्दा बढी राजस्व

    सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।

    २०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारी साधन कर चालक अनुमतिपत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

    कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारी साधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो ।

    सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी, रुट परमिटलगायतका सेवामार्फत राजस्व उठाउँदै आएको कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मलंगवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij