Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

  • 82
    SHARES
  • आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बैठक १० बजे बस्नेगरि तय भएको छ ।

    साथै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने जलस्रोत  विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij