Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित

टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित

  • 105
    SHARES
  • टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित

    बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।

    नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ  । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन् । हरेक असारदेखि असोज पहिलो सातासम्म नेटवर्कले काम नगर्ने गरेको स्थानीय रमेश विष्टले बताए । विष्टले भने,‘नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै जाँदा फोन सम्पर्क गर्न समेत गाह्रो हुने गरेको छ । फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवालगायतका नियमित कार्यमासमेत बाधा पुगेको छ।’

    बिष्टले फोन गर्दा समयमै नलाग्ने फोन लागि हालेमा राम्रोसँग कुराकानी नहुने अवस्था रहेको जानकारी दिएका छन् । सामान्य कुराकानी गर्न वा आपत्कालीन अवस्थामा समेत नेटवर्कले धोका दिने गरेको छ । नेटवर्क समस्याबारे पटकपटक गुनासो गर्दै आएपनिसमस्या समाधान नभएको स्थानीयको भनाइ छ । त्यस्तै यता बडिमालिका नगरपालिका वडा नम्बर ७ मा पनि नेटवर्कले काम नगर्ने गरेको स्थानीयको गुनासो छ ।

    वडाको जिल्ली,सुनकाना,पोखरा,सिराडी,रजातोली, ढम्कनेलगायतका बस्तीमा राम्रोसँग नेटवर्कले काम नगर्दा फोन नलाग्ने, फोन लागेपनि आवाज काटिएर सुनिने गरेको फोरजी सेवा समेत प्रभावित रहेको स्थानीयले भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij