Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा जुट्यो सहमति

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा जुट्यो सहमति

  • श्रावण १३, २०७८ बुधवार १२:२६ बजे
  • 475
    SHARES
  • मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा जुट्यो सहमति

    काठमाडौं । काग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्न सत्ता गठबन्धनका नेताबीच समझदारी जुटेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । 

    ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।  यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ उनले जानकारी दिए ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।  यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी, नेपालबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, शीर्ष नेता अशोक राई, एमालेको माधव नेपाल पक्षका पोलिटब्युरो सदस्य विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, दुर्गा पौडेललगायत सहभागी थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij