Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दुई सवारी जुध्दा चार जनाको मृत्यु, १५ यात्रु घाइते

दुई सवारी जुध्दा चार जनाको मृत्यु, १५ यात्रु घाइते

  • 110
    SHARES
  • दुई सवारी जुध्दा चार जनाको मृत्यु, १५ यात्रु घाइते

    इटहरी । पूर्व पश्चिम राजमार्गको सुनसरी खण्डमा सोमबार दुई सवारी आपसमा जुध्दा चार जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । 

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस आपसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् । 

    दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    घाइतेमा मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरूको उपचार विराटनगर स्थित गोल्डेन अस्पताल, विराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सवारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij